
इटालीको सिरी ए मा आइतबार फियोरेन्टिनाले इन्टर मिलानलाई १–१ को बराबरीमा रोकेको छ । इन्टरले खेलको पहिलो मिनेटमै पिओ इस्पोसिटोको गोलले अग्रता लिएको थियो । तर त्यसलाई कायम राख्न सकेन् ।
केर एडोरले फियोरेन्टिनाका लागि दोस्रो हाफमा बराबरी गोल फर्काए । यो जितपछि लिग तालिकाको शीर्ष स्थानमा इन्टरको अग्रता छ अंक मात्र रह्यो । इन्टरको ६९ अंक भएको छ । एसी मिलान ६३ अंकमा छ ।
आइतबारका अन्य खेलमा लाजियोले बोलोग्नालाई २–० र एएस रोमाले लेचेलाई १–० ले पराजित गर्यो । यस्तै कोमोले पिसालाई ५–० ले हराउन सफल रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]