
भनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ । यो जितपछि रियलले बार्सिलोनासँगको दूरी चार अंकमा कायम राख्यो ।
लिग तालिकामा रियलको ६९ भएको छ । बार्सिलोना ७३ अंकमा छ । हारले एटलेटिको ५७ अंकमा चौथो स्थानमा कायम रह्यो । भिल्लारियल भने ५८ अंकमा तेस्रो स्थानमै कायम रह्यो ।
बर्नाबाउमा भएको खेलमा रियलका लागि फेडरिको भाल्भारडेले पनि एक गोल थपे । तर उनले रातो कार्ड खाएर मैदान छाडे र रियल दस खेलाडीमा सीमित रह्यो । एटलेटिकोका तर्फबाट एडेमोला लुकमन र नहुल मोलिनाले एक एक गोल गरे ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]