
बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा शानदार पुर्नआगमन जित रचेको छ र आफू नै एक मात्र उपाधिको प्रत्यासी रहेको प्रमाणित गरेको छ । एलिनाज एरेनामा भएको खेलमा बायर्नले फ्रेबर्गलाई ६–२ ले हराएको हो ।
खेलको सुरुआती १७ मिनेटभित्र फ्रेबर्गले दुई गोलको अग्रता लिएपछि बायर्न स्तब्ध देखिएको थियो । तर त्यसपछि बायर्नले एकपछि अर्को गोल गरेको थियो । त्यसमा मिचेल ओलिसले दुई गोल गरे ।
यस्तै लेनार्ट कार्ल, डायोट उपामेकानो, ह्यारी केन र निकोलस ज्याक्सनले एक एक गोल गरे । यो जितपछि बायर्नको ३१ अंक भएको छ र यो दोस्रोमा रहेको बायर लेभरकुजनमाथि आठ अंकको अग्रता हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]