
फेरान टोरेसको दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एथलेटिको बिलबाओलाई सजिलै ४–० ले हराएको छ । यससँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
बार्सिलोनाको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ । रियल म्याड्रिड पनि समान ३१ अंक छ र उसले आइतबारको खेल जितेर बार्सिलानालाई उछिन्न सक्नेछ ।
भिल्लारियल भने २९ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो र यसका लागि उसले रियल मार्लोकालाई २–१ ले हरायो । यस्तै रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो । उसको १६ अंक भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]