
डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा आफ्नो उपाधि चुनौती शनिबार पनि कायम राखेको छ र यसका लागि उसले एटलान्टालाई आफ्नो घरमा भएको खेलमा ३–१ ले हरायो ।
त्यसमा डेविड नेरेसले दुई गोल गरे र यी दुवै गोल पहिलो हाफमा भएको थियो । अर्को गोल भने नोआ लाङको नाममा रह्यो । यो जितपछि नेपोलीको २५ अंक भएको छ र यो शीर्षमा एकै अंकको मात्र अग्रता हो ।
इन्टर मिलान, बोलोग्ना र एएस रोमा तीनै टिम समान २४ अंकमा शीर्ष चार भित्र रहेका छन् । शनिबारका अन्य खेलमा बोलोग्नाले युडिनेजीलाई ३–० ले हरायो ।
यस्तै फ्लोरिन्टना र युभेन्ट्सले १–१ को बराबरी खेले । युभेन्ट्स २० अंकमा छैटौं स्थानमा छ र लगातारको कमजोर प्रदर्शनले टुरिन क्लब उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]