काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको अन्तिम खेलमा हिमालयन शेर्पा विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पा १-० गोलअन्तरले विजयी भएको हो।
शेर्पाका लागी निशान लिम्बुले खेलको इन्जुरि समयमा गोल गरे।
आफ्ना मुख्य खेलाडी सन्तोष साहुखलले क्लब छाडेसंगै थ्री स्टार पछिल्ला १० खेलमा जितविहिन रहेको छ।
यो नतिजासंगै २१ खेलमा २९ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा उक्लिएको छ । उता पराजय ब्यहोरेको थ्री स्टार समान खेलबाट २६ अंकका साथ नवौं स्थानमा रहेको छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]