
एसी मिलानले इटालीको सिरी ए मा आइतबार एएस रोमालाई १–० ले पराजित गरेको छ । सानसिरोमा भएको खेलमा स्ट्राहिन्जा पाभलोभिचले पहिलो हाफको ३९ औं मिनेटमा गोल गरे र यो नै निर्णायक रह्यो ।
हारपछि रोमाले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो नतिजापछि मिलान २१ अंकमा तेस्रो स्थानमा रह्यो । इन्टर मिलानको पनि २१ अंक छ र दोस्रोमा छ । यस्तै रोमा पनि २१ अंकमै चौथो स्थानमा रह्यो ।
नेपोली भने २२ अंकमा शीर्षमा छ र यसपल्टको लिग उपाधि होड खुल्ला रहेको छ । इन्टरले त्यस अगाडि भेरोनालाई पनि १–० ले नै हराएको थियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]