
इर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार बर्नमाउथलाई ३–१ ले हराएको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा चढ्न सफल रह्यो ।
इतिहाडमा हालान्डसँगै निको ओरिले एक गोल गरे । बर्नमाउथका लागि भने टायर एडम्सले एक गोल फर्काए । यो सिजन क्लब र आफ्नो देशका लागि हालान्डले गरेको गोल संख्या २६ पुगेको छ ।
यो जितपछि सिटीको १० खेलबाट १९ भएको छ । आर्सनल समान खेलबाट २५ अंकमा शीर्षमा छ र यो सिटीमाथि छ अंकको अग्रता हो ।
हारले बर्नमाउथ १८ अंकमा चौथो स्थानमा छ । बर्नमाउथसामु यो खेल जितेर दोस्रोमा उक्लने अवसर थियो, तर त्यसलाई हात पार्न असफल रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]