
बार्सिलोनाले स्पेनी ला लिगामा एल्चीलाई आइतबार ३–१ ले पराजित गरेको छ, तर यो उसको लागि संघर्षपूर्ण जित रह्यो । गत साताको अल क्लासिकोको हारपछि बार्सिलोलाई यो जितले राहत भने दिनेछ ।
बार्सिलोनाका लागि लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । राफा मिरले एल्चीका लागि एक गोल फर्काए र यससँगै बार्सिलोनाको रक्षापंक्तिमा कमजोरी रहेका स्पष्ट देखिएको थियो ।
यो जितपछि बार्सिलोनाको ११ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको रियल म्याड्रिड भन्दा पाँच अंकले पछाडि हो । एल्ची १४ अंकमा नवौं स्थानमा रह्यो ।
आइतबारको अर्को खेलमा रियल बेटिसले रियल मार्लोकालाई ३–० ले हरायो । यो जितपछि बेटिस १९ अंकमा पाँचौं स्थानमा रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]