Share on:

रोबटर्सनले सिजनको अन्त्यमा लिभरपुल छाड्ने
April 10th, 2026

एन्डी रोबटर्सनले सिजनको अन्त्यमा लिभरपुल छाड्ने भएका छन् । क्लबले बिहीबार यसको घोषणा गर्दै उनले पुर्‍याएको योगदानका लागि धन्यवाद भनेको छ । सन् २०१७ मा उनी हल सिटीबाट लिभरपुल आएका थिए ।


मर्सिसाइड क्लबमा रहने क्रममा उनले दुई पल्ट इंग्लिस प्रिमियर लिग र एक पल्ट युरोपेली च्याम्पियन्स लिगको उपाधि जिते । नौ सिजन लिभरपुलमा बिताएको क्षणलाई डिफेन्डरले सुखद भनेका छन् ।


सिजनको अन्त्यमा क्लब र रोबर्टसनबीचको अनुबन्ध सकिनेछ । अहिलेका लागि उनले लिभरपुलको तर्फबाट ३ सय ७३ खेल खेले र एनफिल्डमा रहने क्रममा कुल नौ उपाधि जिते ।


Swadesh Maharjan | April 10th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya