
इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मन बुंडेसलिगा क्लब फ्रेबर्गले बिहीबार युरोपा लिगमा महत्त्वपूर्ण जित निकाल्नै सेमिफाइनल यात्रा बलियो बनाएको छ । क्वाटरफाइनल पहिलो लेगमा भिल्ललो बोलोग्नालाई ३–१ ले हराएको हो । बोलोग्नाको घरेलु मैदानमा भिल्लाका लागि ओली वाट्किन्सनले दुई गोल गरे । अर्को गोल भने एजरी कोन्साले गरे ।

बोलोग्नाका तर्फबाट जोनाथन रोले एक गोल फर्काए । लयमा रहेको फ्रेबर्गले भने आफ्नो घरमा सेल्टा भिगोलाई ३–० ले पराजित गर्यो । युरोपा लिगमा फ्रेबर्गले घरमा जितेको यो लगातार दसौं खेल हो । यो हारले सेल्टा भिगोलाई तीन गोलले पछाडि रहेको स्थिति उल्टाउन कठिन मिहिनेत गर्नु पर्नेछ ।
अर्को खेलमा एफसी पोर्टो र नटिंघम फरेस्टले भने १–१ को बराबरी खेले ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]