Share on:

पोस्टेकोग्लु बने फरेस्टका प्रशिक्षक
September 9th, 2025

इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले मंगलबार आफ्नो नयाँ प्रशिक्षकका रूपमा एन्गे पोस्टेकोग्लुलाई नियुक्त गरेको छ । उनले यसअघि वर्खास्त गरिएका नुनो स्प्रिरिटो सान्टुको स्थान लिनेछन् ।


मंगलबार विहान मात्रै फरेस्टले नुनोलाई वर्खास्त गरेको घोषणा गरेको थियो । पछिल्लो सिजन अस्ट्रेलियाली पोस्टेकोग्लु आफै टोटनहमको वर्खास्तीमा परेका थिए ।


उनकै नेतृत्वमा टोटनहमले युरोपा लिग जितेर युरोपीय च्याम्पियन्स लिगका लागि छनोट भए पनि प्रिमियर लिगमा खराव प्रदर्शनका कारण पदबाट हराएको थियो ।


त्यसको तीन महिनापछि उनी फेरि क्लब व्यवस्थापनमा फर्केका हुन् ।


Swadesh Maharjan | September 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya