Share on:

एभरेस्ट महिला भलिबल लिगका खेल स्थगित
September 9th, 2025

देशको नयाँ घटनाक्रमपछि पोखरामा भइरहेको एभरेस्ट महिला भलिबललिग को मंगलबार हुनु पर्ने खेल स्थगित भएको छ । आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै खेल स्थगित भएको जनाएको हो ।


प्रेस विज्ञप्तीमा भनिएको छ, ‘देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भइरहेको एभरेस्ट महिला भलिबल लिगको मंगलबारका खेल स्थगित गर्ने निर्णय गरिएको छ ।’


आयोजकले प्रतियोगिताका बाँकी खेल कहिले हुने हो त्यो भने प्रस्ट गरेको छैन् ।



Swadesh Maharjan | September 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya