इंग्लिस प्रिमियर लिगमा शनिबार रातिका खेलपछि आर्सनल र म्यानचेस्टर सिटी शीर्ष दुई स्थानमा रहे । आर्सनलको आठ खेलबाट १९ अंक भएको छ भने सिटी तीन अंकले उसको पछाडि छ ।
लियानड्रो ट्रोसार्डले आर्सनलका लागि ५८ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै सिटीले अर्को खेलमा एभरटनलाई २–० ले हरायो । त्यसमा दुवै गोल इर्लिङ हालान्डले दोस्रो हाफमा गरेका थिए ।
उनले ५८ र ६३ औं मिनेटमा एक एक गोल गरेका हुन् । अन्य खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई २–१, बर्नलीले लिड्स युनाइटेडलाई २–१ र सन्डरल्यान्डले उल्भ्सलाई २–० ले हरायो । क्रिस्टल प्यालेस र बर्नमाउथले ३–३ को बराबरी खेले ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]