Share on:

बायर्नको शतप्रतिशत सुरुआत कायम
October 19th, 2025

जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले शनिबार आफ्नो शतफ्रतिशत सुरुआतलाई कायम राख्ने क्रममा बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको छ । बायर्नको सात खेलबाट अधित्तम २१ अंक भएको छ ।


यो दोस्रो स्थानमा रहेको आरबी लाइपजिगमाथि पाँच अंकको अग्रता हो । बायर्नको जितमा ह्यारी केन र मिचेल ओलिसले एक एक गोल गरे । लयमा रहेका इंग्लिस कप्तान केनले २२ औं मिनेटमा गोलको खाता खोले ।


उनले यो सिजन ११ खेल खेलेकोमा गरेको गोल संख्या ११ पुगेको छ । डर्टमुन्डका तर्फबाट जुलियन ब्रान्ड्टले एक गोल फर्काए । हारपछि डर्टमुन्ड १४ अंकमा चौथो स्थानमै कायम रह्यो ।


Swadesh Maharjan | October 19th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya