रोनाल्ड एराउहोले गरेको निर्णायक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार जिरोनालाई २–१ ले हराएको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एराउहोले गोल गरेका हुन् ।
त्यस अगाडि बार्सिलोनाले पेड्रोको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय टिकेन् र एक्सेल विट्सेलले २० औं मिनेटमा बराबरी गोल फर्काए ।
यो जितपछि बार्सिलोना नौ खेलबाट २२ अंकमा लिग तालिकाको शीर्षमा उक्लेको छ । एटलेटिको म्याड्रिडले अर्को खेलमा ओसासुनालाई १–० ले हरायो र त्यसमा थिएगो आल्माडाले ६९ औं मिनेटमा एक मात्र गोल गरे । यो जितसँगै एटलेटिको १६ अंकमा चौथो स्थानमा उक्लेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]