एस्टन भिल्लाले आइतबार यो सिजनको पहिलो घर बाहिरको जित हात पारेको छ । उसले टोटेनहमलाई इंग्लिस प्रिमियर लिगको उत्तरी लन्डनमा भएको खेलमा २-१ ले हराएको हो ।
एक गोलले पछाडि रहेको स्थितिबाट भिल्ला विजयी
रहेको हो । यो जितपछि उसको आठ खेलबाट १२ अंक भएको छ । टोटेनहम भने १४ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो ।
टोटेनहमले रोड्रिगो बेन्टकरको गोलले पाँचौ मिनेटमा अग्रता लिएको थियो । भिल्लाले ३७ औं मिनेटमा बराबरी गोल फर्कायो र यो मोर्गन रोजर्सको नाममा रह्यो ।
इमु बुएन्डियाले ७७ औं मिनेटमा भिल्लाका लागि दोस्रो गोल गरे र अन्ततः यो नै सावित भयो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]