Share on:

एमबापको गोलमा रियल विजयी
October 20th, 2025

केयलिन एमबापेले गरेको एक मात्र गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार राति गेटाफेलाई १–० ले पराजित गरेको छ र यससँगै फेरि शीर्ष स्थान कब्जा गरेको छ । 

लयमा रहेका एमबापले खेलको ८० औं मिनेटमा एक मात्र निर्णायक गोल गरे र यो उनले गोल गरेको लगातार ११ औं खेल हो । गेटाफेले रातो कार्डमा एलान एनयोम र एलेक्स सानक्रिसलाई गुमाएको थियो । 


यससँगै उसले नौ खेलाडीमा सीमित रहेर खेलेको थियो । यो जितपछि रियलको नौ खेलबाट २४ अंक भएको छ र शीर्षमा दुई अंकको अग्रता हो । बार्सिलोना दोस्रो स्थानमा छ र उसको समान खेलबाट २२ अंक छ । 


Swadesh Maharjan | October 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya