Share on:

लिभरपुललाई युनाइटेडको चोट
October 20th, 2025

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार ठूलो धक्का बेहोरेको छ । उसलाई एनफिल्डमै म्यानचेस्टर युनाइटेडले २–१ ले हराएको हो । लय गुमाएको लिभरपुलले ११ वर्षयता पहिलो पटक लगातार चार खेलमा पराजित भएको छ ।

 

यसअघि लिभरपुल लिगमा तीन र च्याम्पियन्स लिगमा एक गरेर चार खेलमा लगातार पराजित भएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमामा युनाइटेड विजयी रहेको १० वर्षयता पहिलो पटक हो । अर्कोतर्फ प्रशिक्षकका रूपमा रुबेन एमोरिम आएयता युनाइटेडले पनि पहिलो पटक लिगमा ‘ब्याक टु ब्याक’ जित निकालेको छ ।


ह्यारी म्यागुएरले ८४ औं मिनेटमा गरेको गोल युनाइटेडको जितका निर्णायक गोल गरे । युनाइटेडले ब्रायन एमबेउमोको गोलले सुरुमै अग्रता लिएको थियो । त्यसपछि लिरभपुलका लागि कोडी गाक्पोले बराबरी गोल फर्काएका थिए, तर अन्त्यमा जित युनाइटेडकै रह्यो ।


Swadesh Maharjan | October 20th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya