Share on:

बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिए
May 1st, 2025

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिएका छन्।

गएराति सम्पन्न यो खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनाका लागि लामिन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एक गोल इन्टर मिलानका यमन सोमेरले आत्मघाती गोल गरेका थिए।

यता, इन्टर मिलानका लागि डेनजेल डमफ्राइजले २ गोल गरेका थिए भने मार्कस थुरामले एक गोल गरेका थिए।

पहिलो लिगमा बराबरी भएपछि अब मे ७ मा हुने दोस्रो लिग निर्णायक हुने भएको छ।


Swadesh Maharjan | May 1st, 2025

Comments

No comments yet.