Share on:

बाँसबारी तेस्रो स्थानमा
May 1st, 2025

काठमाडौं। बाँसबारी क्लब स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा बाँसबारीले श्री टुसाल युथ क्लबलाई १–० ले पराजित गरेको हो। 

जितसँगै नौ खेलमा १५ अंक पुर्‍याएको बाँसबारी तेस्रो स्थानमा उक्लिएको छ। 

समान खेलबाट सात अंक भएको टुसाल रेलिगेसन क्षेत्रमा छ। बाँसबारीलाई जित दिलाउन बिक्कीले ७६औं मिनेटमा गरेको ग‍ोल नै निर्णायक बन्यो।


Swadesh Maharjan | May 1st, 2025

Comments

No comments yet.