Share on:

शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने
May 1st, 2025

काठमाडौं। आगामी शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने भएको छ। 

बूढानिलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजना फाइट नाइट बैशाख २० गते बेलुका ५ बजे हुन लागेको हो।

गोल्फुटारको बास्केटबल कोर्टमा हुन हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिइन्।

प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। अधिकारीका अनुसार कुल नौ फाइट हुनेछ। त्यसमा सात पुरुष र दुई महिलाको फाइट हुने तय छ।

मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादा रक्मितबीच प्रतिस्पर्धा हुनेछ। अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। दुईवटा खेलमा नेपाल र नेपालका खेलाडीबीच प्रतिस्पर्धा हुने अधिकारीले जनाकारी दिइन्। उनका अनुसार प्रतिस्पर्धीपश्चात् सबै खेलाडीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने छ।


Swadesh Maharjan | May 1st, 2025

Comments

No comments yet.