Share on:

बार्सिलोना फेरि शीर्ष स्थानमा
January 26th, 2026

आफ्नो पारम्परिक प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिनेर बार्सिलानो फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले आइतबार रियल ओभिएडोलाई ३–० ले पराजित गरेको हो ।


त्यसमा डानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गरे । अघिल्लो दिन रियलले भिल्लारियललाई हराएर पहिलो स्थान उक्लेको थियो । अब बार्सिलोना ५२ र रियल ५१ अंक भएको छ । लिगमा कुनै पनि बेला यी दुई टिमको स्थान तलमाथि हुन सक्नेछ ।


तर उपाधि होडमा यिनै दुई टिम मात्र रहनेछन् । तेस्रोमा रहेका एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई ३–० ले पराजित गर्‍यो । तर उसको ४४ अंक मात्रै छ ।


Swadesh Maharjan | January 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya