
इटालीको सिरी ए मा युभेन्ट्सले आइतबार नेपोलीमाथि ३–० को शानदार जित रचेको छ । यो नतिजाले डिफेन्डिङ च्याम्पियन नेपोलीको उपाधि होडमा गम्भीर धक्का लागेको छ ।
यो नतिजापछि युभेन्ट्स ४२ अंकमा पाँचौं स्थानमा छ भने नेपोली ४३ अंकमा चौथो स्थानमा रह्यो । युभेन्ट्सका लागि जोनाथन डेविड, केनान यिल्डिज र फिलिप कोस्टिचले गोल गरे ।
इन्टर मिलान ५२ अंकमा शीर्षमा छ । उसको पछाडि एसी मिलानको ४७ र रोमाको ४३ अंक छ । आइतबार नै मिलान र एएस रोमाले १–१ को रोमाञ्चक बराबरी खेलेका थिए ।
मिलानले कोनी डे विन्टरको गोलले अग्रता लिएपछि रोमाका लागि लोरेन्जो पेलेग्रिनीले बराबरी गोल फर्काए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]