Share on:

युनाइटेडको जितले उपाधि होड खुल्ला
January 26th, 2026

म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि ३–२ को उत्कृष्ट पुर्नआगमन जित रचेपछि इंग्लिस प्रिमियर लिगको उपाधि होड खुल्ला भएको छ । यो सिजन आफ्नो घरेलु मैदान इमिरेट्समा आर्सनलको यो पहिलो हार पनि हो ।  


खेलको ८७ औं मिनेटमा युनाइटेडका लागि ब्राजिली खेलाडी म्याथ्येस कुन्हाले निर्णायक गोल गरे । यो नतिजाले शीर्षमा आर्सनलको अग्रता चार अंक मात्रै कायम रह्यो । उसको ५० अंक छ । म्यानचेस्टर सिटी र एस्टन भिल्लाको समान ४६ अंक रहेको छ ।  


युनाइटेडको यो जितपछि ३८ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । त्यस अगाडि भिल्लाले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको थियो । यस्तै चेल्सी क्रिस्टल प्यालेसलाई ३–१ ले पन्छाएको थियो ।


Swadesh Maharjan | January 26th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya