
ब्राजिली विन्गर राफिन्हाले गरेको दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार ओसासुनामाथि २–० को जित दर्ता गरेको छ । यो जितपछि बार्सिलोनाको १७ खेलबाट ४३ अंक भएको छ ।
रियल म्याड्रिड एक खेल कम खेलेर ३६ अंकमा दोस्रोमा रहेको छ । रियलले आइतबार एलाभेसको सामना गर्नेछ र उसको सामु दुई टिमबीचको अन्तर घटाउने अवसर हुनेछ ।
एटलेटिको म्याड्रिडले अर्को खेलमा भ्यालेन्सियालाई २–१ ले हरायो र ३४ अंकमा चौथो स्थानमा रह्यो । यस्तै पाँचौमा रहेको इस्पनयोलले गेटाफेलाई १–० ले हरायो र उसको ३० अंकमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]