
उल्भ्सले उपहारका रूपमा दिएका दुई आत्मआती गोलको मदतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार २–१ को जित निकालेको छ । इमिरेट्समा दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा यरसन मोसक्वेराले निर्णायक सावित आत्मघाती गोल गरे ।
खेलको ७० औं मिनेटमा साम जोनस्टोनले पनि आत्मघाती गोल गरेपछि आर्सनल अगाडि रह्यो । त्यसबीच उल्भ्सका लागि टोलु आरोकोडारेले ९० औं मिनेटमा एक गोल फर्काए ।
यो जितपछि आर्सनल १६ खेलबाट ३६ अंक भएको छ र शीर्षमा रह्यो । उसको पछाडि म्यानचेस्टर सिटीको ३१ अंक छ ।
शनिबारका अन्य खेलमा प्रमुख खेलमा लिभरपुलले ब्राइटनलाई २–० र चेल्सीले एभरटनलाई २–० ले पराजित गरेको थियो । यस्तै फुलहमले बर्नलीलाई ३–२ ले हरायो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]