Share on:

मेट्जसँग पीएसजको कठिन जित
December 14th, 2025

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा पुछारमा रहेको मेट्जमाथि ३–२ को कठिन जित निकालेको छ । तर यो जितले उसलाई लिग तालिकाको शीर्ष स्थानमा भने पुर्‍याएको छ ।


यो जितपछि पीएसजीको १६ खेलबाट ३६ अंक भएको छ । लेन्स एक खेल कम खेलेर ३४ अंकमा दोस्रो स्थानमा छ ।


मेन्जको घरेलु मैदानमा भएको खेलमा पीएसजीका लागि गोन्जालो रामोस, क्वेन्टिन एडिजाटोउ र डसायर डोले एक एक गोल गरे । मेट्जका तर्फबाट जेसमी डेमिग्वेट र हेरही सिटासभिलीले गोल फर्काए ।


मेट्ज १६ खेलबाट ११ अंकमा सीमित रहेर १८ टिममध्ये सबैभन्दा पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।


Swadesh Maharjan | December 14th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya