बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार गेटाफेमाथि ३–० को प्रभावशाली जित निकालेको छ र यसक्रममा शीर्षमा रहेको रियल म्याड्रिडको दूरी दुई अंकमा कायम राखेको छ । क्याटलान क्लबका लागि फेरान टोरेसले दुई गोल गरे ।
यस्तै डानी ओल्मोले पनि एक गोल गरे । रियलको पाँच खेलबाट १५ अंक छ भने बार्सिलोना १३ अंकमा दोस्रो स्थानमा रहेको छ । शीर्ष चारका अन्य दुई टिममध्ये भिल्लारियल र इस्पनयोललको समान दस अंक छ ।
अर्को खेलमा एटलेटिको म्याड्रिडको सिजनमा खराव फेरि एकपल्ट कायम रह्यो । उसले रियल मार्लोकासँग निराशाजनक १–१ को बराबरी खेल्यो । एटलेटिकोको पाँच खेलबाट छ अंक मात्र रहेको छ र लिग तालिकाको १२ औं स्थानमा रहेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]