
जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले उल्भसबर्गमाथि आइतबार ८–१ को ठूलो अन्तरको जित निकालेको छ । यो जितले बायर्नको उपाधि यात्रा अझ सहज हुने देखिएको छ । उसको १६ खेलबाट ४४ अंक भएको छ ।
यो दोस्रोमा रहेको बोरुसिया डर्टमुन्डमाथि ११ अंकको ठोस अग्रता हो । डर्टमुन्ड ३३ अंकमा दोस्रोमा छ भने आरबी लाइपजिग २९ अंकमा तेस्रो स्थानमा छ । बायर्नको यो जितमा मिचेल ओलिसले दुई गोल गरे भने एक गोलमा सहयोगी भूमिका पनि निभाए ।
उल्भ्सका तर्फबाट दुई गोल आत्मघाती पनि रह्यो । अहिलेसम्म लिगमा अपराजित रहेको बायर्नले यो सिजन लिगमा चार अंक मात्र गुमाएको छ र यो उत्कृष्ट सुरुआत रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]