
स्कट म्याक टोमिनीलले ८१ औं मिनेटमा गरेको गोलको मदतले नेपोलीले इटालीको सिरी ए मा इन्टर मिलानलाई २–२ को बराबरीमा रोकेको छ । सानसिरोमा भएको खेलमा इन्टरले दुई पल्ट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
इन्टरका लागि फेडरिको डिमार्को र हाकान चाहालोलुले गोल गरे । नेपोलीका लागि भने दुवै गोल टोमिनीले गरे । यो नतिजापछि इन्टर ४३ अंकमा शीर्ष स्थानमा र नेपोली ३९ अंकमा तेस्रो स्थानमा छ ।
उनीहरूबीच एसी मिलान ४० अंकमा दोस्रो स्थानमा छ । एएस रोमा पनि ३९ अंकमा चौथो स्थानमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]