
राफिन्हाले ७३ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै आइतबार स्पेनिस सुपरकपको उपाधि जितेको छ । बार्सिलोनाका लागि उनले दुई गोल गरे ।
अर्का एक गोल भने रोबर्ट लेवनडोस्कीको नाममा रह्यो । दस खेलाडीमा सीमित बार्सिलोनाविरुद्ध रियलका तर्फबाट भिनिसियस जुनियर र गोन्जालो गार्सियाले गोल गरे ।
बार्सिलोनाले सुपरकपको उपाधि जितेको यो कीर्तिमान १६ औं पल्ट हो । केयलिन एमबापेमाथि गरेको फलका लागि फ्रेन्क डे जोङ रातो कार्डमा मैदान छाड्न बाध्य रहे । अब बार्सिलोनाको ध्यान स्पेनी ला लिगाको उपाधि जित्नेमा रहनेछ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]