Share on:

असबर्गसँग बायर्नको दुर्लभ हार
January 25th, 2026

जर्मन बुंडेसलिगामा बायर्न म्युनिक शनिबार असबर्गको हातबाट २–१ ले पराजित भएको छ । मार्चयता बायर्नको यो बायर्नको पहिलो हार हो र यससँगै २७ खेलको अपराजित यात्रामा पूर्ण विरामा लागेको छ । 


एलिनाज एरेनामा बायर्नले हिरोकीको गोलले अग्रता लिको थियो । तर असबर्गले दोस्रो हाफमा दुई गोल गरेको थियो । त्यसमा आर्थर चाभेस र हान नोहले एक एक गोल गरे । 


दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले भने अर्को खेलमा युनियन बर्लिनलाई ३–० ले हरायो र बायर्नसँगको दूरी आठ अंकमा छोट्याउन सफल रह्यो । 


Swadesh Maharjan | January 25th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya