Share on:

सिटी जित्यो तर लिभरपुलले सकेन्
January 25th, 2026

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित हात पार्न लिभरपुल भने पराजित भएको छ । एतिहाडमा सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । त्यसमा भने ओमर मारमोस र एन्टोन समेन्योले एक एक गोल गरेका हुन् ।



लिभरपुल भने बर्नमाउथको हातबाट ३–२ ले पराजित हो । त्यसमा आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । सिटीको ४६ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको अन्तर हो ।


लिभरपुल ३६ अंकमा चौथोमा रह्यो । अन्य खेलमा फुहमलले ब्राइटनलाई २–१ ले हरायो भने बर्नली र टोटनहमले २–२ को बराबरीमा चित्त बुझाए ।


Swadesh Maharjan | January 25th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya