काठमाडौ- करिम बेन्जेमा साउदी अरबको अल इतिहाद फुटबल क्लबमा अनुबन्ध भएका छन्।
बेन्जेमासँग अल इतिहादले तीन वर्षको सम्झौता गरेको हो।
बेन्जेमाले रियलका लागि अन्तिम खेल दुई दिनअघि मात्रै खेलेका थिए। त्यसपछि उनी स्पेनिस लिगबाट साउदी प्रो लिगमा पुगेका हुन्।
बेन्जेमा सन् २००९ मा लिग १ क्लब लियोनबाट रियल पुगेका थिए। रियलमा १४ वर्ष बिताएका उनले पाँच च्याम्पियन्स लिग, चार ला लिगा उपाधि र तीन कोपा डेल रे जितेका छन्।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]