Share on:

भदौ २० गतेदेखि एनएसएलको चौथो संस्करण
May 17th, 2026

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ। ललितपुरमा आयोजित कार्यक्रममा आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले नयाँ संस्करणको औपचारिक घोषणा गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।


आयोजकका अनुसार यसपटक प्रतियोगिता पहिलोपटक होम एन्ड अवे प्रणालीमा सञ्चालन हुनेछ। अघिल्ला संस्करणहरू काठमाडौंमा मात्रै सीमित रहे पनि अब सहभागी टोलीहरूले आफ्नै घरेलु मैदानमा समेत खेल्ने अवसर पाउनेछन्।


यस संस्करणमा टोली संख्या पनि विस्तार गरिने भएको छ। यसअघि ७ टोली सहभागी हुँदै आएकोमा अब १० देखि १२ टोलीसम्म सहभागी गराउने तयारी गरिएको आयोजकले जनाएको छ।


Swadesh Maharjan | May 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya