Share on:

बिलबाओमाथि इस्पनयोलको पुर्नआगन जित
December 23rd, 2025

इस्पनयोलले स्पेनी ला लिगामा सोमबार एथलेटिको बिलबाओमाथि २–१ को जित रचेको छ । सान मामेसमा भएको खेलमा बिलबाओले एलेक्स बेरनेगरको गोलले पहिलो हाफको ३८ औं मिनेटमा अग्रता लिएको थियो ।


त्यसपछि कार्लोस रोमेरोले ४४ र पेरे मिल्लाले ५२ औं मिनेटमा इस्प्नयोलाका लागि एक एक गोल गरे । यो जितपछि इस्पनयो १७ खेलबाट ३३ अंकमा पाँचौं स्थानमा रह्यो । यो शीर्ष चारबाट दुई अंककै मात्र दूरी हो ।


बिलबाओ भने समान खेलबाट २३ अंकमा सीमित रहेर आठौं स्थानमा रह्यो । बार्सिलोना भने ४६ अंकमा शीर्ष स्थानमा रहेको छ ।


Swadesh Maharjan | December 23rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya