
राउल जिमिनेजले पेनाल्टीबाट गरेको एक मात्र गोलको मदतले फुलहमले इंग्लिस प्रिमियर लिगमा नटिंघम फरेस्टलाई १–० ले हराएको छ । यो जितपछि फुलहम रेलिगेसन क्षेत्रबाट अझ टाढिंदै गएको छ ।
त्यसको विपरित फरेस्टले भने रेलिगेसनबाट बच्न अझ संघर्ष गर्नु पर्नेछ । फुलहमको १७ खेलबाट २३ अंक भएको छ र १३ औं स्थानमा छ । फरेस्ट भने १८ अंकमा १७ औं स्थानमा छ ।
यो रेलिगेसन क्षेत्रबाट पाँच अंकको दूरी हो । कार्भेन कटेजमा भएको खेलमा जिमिनेजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]