
ब्राजिली विन्गर डाभिड नेभिसले प्रत्येक हाफमा गरेको एक एक गोलको मदतले नेपोलीले सोमबार बोलोग्नालाई २–० ले पराजित गर्दै इटालियन सुपरकप जितेको छ । नेरेसले ३९ औं मिनेटमा गोलको खाता खोले ।
उनले ५७ औं मिनेटमा दोस्रो गोल गरे । नेपोलीले इटालियन सुपरकप जितेको भने यो तेस्रो पल्ट हो । उसले यसअघि यो उपाधि सन् १९९० र २०१४ मा जितेको थियो ।
यो प्रतियोगिता सन् २०२९ सम्म साउदी अरेबियामा हुनेछ । अब नेपोलीले सिरी ए को आइतबार हुने खेलमा क्रेमोन्सेको सामना गर्नेछ । त्यसमा नेपोलीले ३१ अंकमा तेस्रो स्थानमा छ । यो शीर्षमा रहेको इन्टर मिलानभन्दा दुई अंकले पछाडि हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]