
आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा बिहीबार अंक ‘ड्रप‘ गरेको छ । उसलाई लन्डन डर्बीमा ब्रेन्टफोर्डले १–१ को बराबरीमा रोकेको हो । आर्सनलले नोनी माडुकेको गोलले अग्रता लिएको थियो ।
तर ब्रेन्टफोर्डले किन लेविस पोटरको गोलले खेल बराबरीमा समाप्त भएको थियो । यो नतिजापछि आर्सनले ५७ अंकमा शीर्ष स्थानमा कायम रहेको छ । तर सिटीसँगको दूरी चार अंक भन्दा बढी हुन सकेन् । सिटी ५३ अंकमा दोस्रो स्थानमा छ ।
यस्तै एस्टन भिल्ला ५० अंकमा तेस्रो स्थानमा छ । ब्रेन्टफोर्ड भने ४० अंकममा सातौं स्थानमा रहेको छ र उसको पनि युरोपमा खेल्न सपना कायम छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]