Share on:

एन्फा महिला च्याम्पियनसिप: उद्घाटन खेलमा एनआरटी र गाईघाट एफसी भिड्दै
February 13th, 2026

गाईघाट। एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता आजदेखि उदयपुरमा सुरु हुँदैछ।


उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली गाईघाट एफसी र न्यू रोड टिम ९एनआरटी० आमनेसामने हुँदैछन्। खेल दिउँसो ३स्३० बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो दिन एक खेल मात्र सञ्चालन हुनेछ।


अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने प्रतियोगिता फागुन ९ गतेसम्म जारी रहनेछ। प्रतियोगितामा तीन विभागीय टाेलीसहित १० टिमको सहभागिता रहेको छ।


यस प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। महिला फुटबलको विकास र प्रतिस्पर्धात्मक स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


Swadesh Maharjan | February 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya