
नेपालले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा बिहीबार बिर्सनलायक हार बेहोरेको छ । वानखेडे स्टेडियमा भएको खेलमा इटाली दस विकेटले विजयी भएको हो । इटालीले जितको लक्ष्य १२.४ ओभरमा पूरा गरेको हो । उसका जस्टिन मोस्का ६० र एन्थोनी मोस्का ६२ रन बनाएर नटआउट रहे । हारले नेपालको सुपर एट सम्भावना कमजोर भएको छ ।
त्यस अगाडि नेपाल पहिले ब्याटिङ गर्दै १ सय २३ रन बनाएर अलआउट भएको थियो । वानखेडे स्टेडियममा नेपालको प्रदर्शन ब्याटबाट कमजोर रह्यो । नेपाल १९.३ ओभर मात्रै टिकेको हो । नेपालका लागि आरिफ सेखले सर्वाधिक २७ रन बनाए । यस्तै आसिफ सेखले २० र रोहित पौडेलले २३ रन बनाए । इटालीका बलसमध्ये क्रिसन कालुगमागेले १८ रनमा तीन विकेट लिए ।
नेपाल शून्य अंकमा रह्यो भने इटालीको दुई अंक भएको छ । नेपाल अंक तालिकाको पुछारमा झरेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]