
इंग्लिस प्रिमियर लिगमा बुधबारका खेलमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी रहे । सिटीले फुलहमलाई ३–० र एस्टन भिल्लाले ब्राइटनलाई १–० ले पराजित गरेको हो । यो नतिजापछि सिटीको ५३ र भिल्लाको ५० अंक भएको छ ।
आर्सनल भने ५६ अंकमा शीर्षमा रहेको छ । यस्तै लिभरपुल भने ४२ अंकमा छैटौं स्थानमा रह्यो । सिटीको जितमा एन्टोन सेमेन्यो, निको ओ रेनी र इर्लिङले गोल गरे । भिल्ला भने ज्याक हिन्सहेलउडको आत्मघाती गोलले विजयी रह्यो ।

भिलरपुलले भने भर्जिल भान डाइकको गोलमा सन्डरल्यान्डलाई १–० ले हराएको हो । यस्तै बर्नलीले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो भने नटिंघम फरेस्ट र उल्भ्सले गोलरहित बराबरी खेले ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]