Share on:

प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा
February 11th, 2026

काठमाडौं। स्वामी दयानन्द सरस्वतीको २०२औँ जन्मजयन्तीको अवसरमा डीएभी विद्यालयद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।


बुधबार समूह चरणका सबै ६ खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।


समूह चरणको पहिलो खेलमा मारियो ग्रासरुट क्लबले बोलपुर टाउन क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै शानदार सुरुआत गर्‍यो। दोस्रो खेलमा दिलीप मेमोरियल एफसी र एजी–१० फुटबल एकेडेमीबीच रोमाञ्चक ३–३ गोलको बराबरी भयो। तेस्रो खेलमा एजी–१० ले बोलपुर टाउन क्लबलाई ३–० ले हराउँदै महत्वपूर्ण जित दर्ता गर्‍यो।


चौथो खेलमा मारियो ग्रासरुटले दिलीप मेमोरियल एफसीलाई ५–१ गोलले पराजित गर्दै आफ्नो दबदबा कायम राख्यो। पाँचौं खेलमा दिलीप मेमोरियल एफसीले बोलपुर टाउन क्लबलाई ५–३ गोलले हरायो। छैटौं तथा अन्तिम खेलमा मारियो ग्रासरुट र एजी–१० बीच प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरीमा सकियो।


समूह ‘बी’का लिग चरणका खेल सकिएसँगै मारियो ग्रासरुट क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।


सेमिफाइनलमा जावलाखेल युथ क्लब, काठमाडौं 

किकर्स, एजी–१० फुटबल एकेडेमी र मारियो ग्रासरुट क्लबले स्थान सुरक्षित गरेका छन्।


मंगलबारदेखि जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको प्रतियोगिताको समापन बिहीबार हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ फुटबल एकेडेमी तथा क्लबको सहभागिता रहेको छ।


Nepalsports | February 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya