
नेपाल ट्वान्टी ट्वान्टी विश्वकपको इटालीविरुद्धको खेलमा बिहीबार १ सय २३ रन बनाएर अलआउट भएको छ । अब इटालीले जितका लागि १ सय २४ रन बनाउने प्रयास गर्नेछ ।
वानखेडे स्टेडियममा नेपालको प्रदर्शन ब्याटबाट कमजोर रह्यो । नेपाल १९.३ ओभर मात्रै टिकेको हो । नेपालका लागि आरिफ सेखले सर्वाधिक २७ रन बनाए ।
यस्तै आसिफ सेखले २० र रोहित पौडेलले २३ रन बनाए । इटालीका बलसमध्ये क्रिसन कालुगमागेले १८ रनमा तीन विकेट लिए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]