Share on:

राष्ट्रिय लिग चित्लाङविरुद्ध एनआरटीको जित, मनाङ र प्लानिङ रोकिए
March 1st, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिगमा न्यू रोड टिम एनआरटीले विजयी हासिल गरेको छ। 


त्रिपुरेश्वस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा एनआरटीले चित्लाङ एफसीलाई २-१ ले पराजित गरेको हो। एनआरटीको यो पाँचौं जित हो। लिगमा ९ खेल खेलेको एनआरटीले १९ अंक जोडेको छ।


चित्लाङको भने यो चौथो हार हो। समान खेलबाट चित्लाङको ७ अंक छ। राजीव लोप्चनले खेलको १०औं मिनेटमा गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए।



३७औं मिनेटपछि एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि चित्लाङ १-१ को बराबरीमा आउँदै खेलमा फर्कियो।


खेलको ५४औं मिनेटमा टिमोथी चिएमेरिए ओकेरेकेले गोल गर्दै एनआरटीलाई २–१ को जित दिलाए। यस्तै, अर्को खेलमा मनाङ मर्स्याङदी र प्लानिङ ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।


Swadesh Maharjan | March 1st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya