
कुनै ठूलो अप्रत्यासित नतिजाको शृंखला आएन भने इटालीको सिरी ए इन्टर मिलानले जित्ने छ । उसले शनिबारको खेलमा जेनोआलाई २–० ले पराजित गरेको छ ।
सानसिरोमा भएको खेलमा इन्टरका लागि फेडेरिको डिमार्को र हाकन चाल्हानग्लुले एक एक गोल गरे । यो जिवतपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानमाथि १३ अंकको ठूलो बढत लिएको छ ।
यो यस्तो अन्तर हो, जसलाई उछिन्नु लगभग असम्भव जस्तै हुनेछ । इन्टरको २७ खेलबाट ६७ अंक भएको छ । मिलान भने ५४ अंकमा छ । त्यस पछाडि नेपोलीको ५३ र एएस रोमाको ५० अंक छ । नेपोलीले अर्को खेलमा भेरोनालाई २–१ ले पराजित गरेको हो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]