Share on:

डर्टमुन्डलाई हराएपछि बायर्न उपाधितर्फ उन्मुख
March 1st, 2026

ह्यारी केनको दुई तथा जोसुआ किमिचको निर्णायक गोलको मदतले बायर्न म्युनिकले शनिबार जर्मन बुंडेस लिगामा उपाधिको प्रमुख प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गरेको छ ।


यो पुर्नआगमन जितपछि बायर्नले लिग तालिकामा ११ अंकको अग्रता लिएको थियो र उसले यो सिजन पनि लिग उपाधि जित्ने लगभग निश्चित भएको छ । अब १० चरणका खेल मात्र बाँकी छँदा बायर्नलाई कसैले उछिन्ने सम्भावना रहने छैन् ।


पहिलो हाफसम्म बायर्नले एक गोलले पछाडि थियो । यो नतिजापछि बायर्नको ६३ अंक भएको छ । डर्टमुन्ड भने ५२ अंकमै सीमित रह्यो ।


Swadesh Maharjan | March 1st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya