
लामिन यामलले आफ्नो खेल जीवनमा गरेको पहिलो ह्याट्रिकको मदतले बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा भिल्लारियलमाथि ४–१ को शानदार जित रचेको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता पनि लिएको छ ।
क्याम्प नुमा किशोर स्टार यामलले २८, ३७ र ६९ औं मिनेटमा गोल गरे । अर्को गोल भने रोबर्ट लेवनडोस्कीको नाममा रह्यो । एटलेटिको म्याड्रिडले अर्को खेलमा रियल ओसिएडोलाई १–० ले हरायो र तेस्रो स्थानमा उक्लिन सफल रह्यो ।
एथटलेटिकोको भने ५१ अंक भयो भने पराजित भिल्लारियल ५१ अंकमै चौथो स्थानमा झरेको छ । रियल म्याड्रिड ६० अंकमा दोस्रो स्थानमा छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]