इर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई सजिलै ३–० ले पराजित गरेको छ । यो हारले युनाइटेड र यसका प्रशिक्षक रुबेन एमोरिममाथि अझ बढी दबाब भएको छ ।
फिल फोडेनले सिटीका लागि गोलको खाता खोलेपछि हालान्डले दोस्रो हाफमा दुई गोल गरेका हुन् । सिटीले लिगमा लगातार दुई हारको क्रमलाई पनि यसै जितसँगै तोडेको छ ।
यो नतिजापछि सिटीको चार खेलबाट छ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । युनाइटेड भने चार खेलबाट चारै अंकमा सीमित रहेर १४ औं स्थानमा रह्यो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]